ए वान न्यूज

तपाईँसँग कुनै चेतनामूलक जानकारी, समाचार वा लेखहरु छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ । हामी जानकारीमूलक, चेतनामूलक लेखलाई स्थान दिनेछौँ । – ए वान मल्टिभिजन (a1multivision@gmail.com)


Sunday, November 23, 2014

हृदय रोगहरु

रक्तचाप
मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ |
रक्तचाप नाप्न प्रयोग गरिने उपकरण
सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वषर्ीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।
उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन्। खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ। रक्तचापलाई जहिले पनि १३०/८०मा सीमित राख्नुपर्छ।
सन्तुलित (नियन्त्रित) रक्तचाप स्व्स्थ्य जीवनको प्रमुख आधार मानियको छ् | नेसनल हर्ट लङ्ग एन्ड ब्लड इन्स्िटच्युटले यसको प्रभावकारी नियन्त्रणका लागि विशेष प्रकारको भोजनको योजना (DASH DIET)को विकास गरेको छ। यस (DASH) योजनाको प्रमुख उद्देश्य दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो। यस योजनामा फलफूल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएको छ भने दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ।
यसै गरी फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्त्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्त्व दिइएको छ। साथै प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोगलाई पनि न्यूनरूपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ। भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवम् कम गर्न सकिने कुरा अध्ययनले देखाएको छ।

कोलेस्टेरोल
कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ।


मधुमेह
मधुमेह लाई नेपाली चीनी रोग 'चिनी रोग' भन्छन् । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।
मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोम -प्याङ्क्रियाज) अंगबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ । टाइप १ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोनको निष्त्रिmयताबाट हुन्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।
अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि टाइप १ भएमा दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।
टाइप २ मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका -मोटा) एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ । शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ -हानिकारक) जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् । सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ ।

हृदयघात
विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।
कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो
। यो रोग बिशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिन्छ तर आजकल यो रोग युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ। नेपालमा मुटुरोग बढ्ने क्रममा छ। हाल करिब १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ। नेपालमा १० वर्षता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ। हाल नेपालमा १८ वर्षउमेरमाथिका करिब २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ। यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ।

No comments:

Post a Comment