पानीको अभाव भएपछि
रोडकै पानी डिभाइडरबाट पानी हाडालुछ
काठमाडौँ, २०६९-१२-०४, आइतबार । पानीको अभाव भएपछि काठमाडौँको मैतिदेवीमा रोड छेउमै रहेको पानी डिभाइडरबाट पानी हाडालुछ भएको छ यो शनिबार । आधा रोड पानी थाप्न कोसिस गर्नेहरूको भिड र पानी थाप्ने रित्तो भाँडाले भरिएको थियो ।
‘पानी नआएको एक हप्ताभन्दा बढी भइसक्यो । खाना पकाउनलाई समेत एकदमै गाह्रो भयो, अनि के के गर्ने त ?’ मैतिदेवी बस्ने एक जना गृहिणीले रोडबाटै पानी लिनुपर्र्यो है भन्ने प्रश्नमा प्रतिप्रश्न गरिन् । ‘मैतिदेवी क्षेत्र केही गहिरोमा भएकाले अलि अलि भए पनि एक दुई दिन बिराएर पानी आइरहन्थ्यो । तर चैत्र महिना नलाग्दै यस्तो हालत भयो भने अरू गर्मी महिनामा के होला ? अनि झन् हाइटमा बसोबास गर्नेहरूकहाँ के हालत होला ?’ मैतिदेवीमा होटल सञ्चालन गर्ने एक व्यवसायीले आशङ्का पोखे ।
काठमाडौँका बानेश्वर, थापागाउँ, अनामनगर, कोटेश्वर, सिनामंगल, नक्साल आदि प्राय सबै क्षेत्रमा पानीको अभाव हुन थालेको छ । ‘पानी नभएर दश बाह्र दिनदेखि बाहिर होटलमा खानुपरेको छ । पानी आउने टुङ्गो हुँदैन । पढ्न जानुपर्ने हुनाले पानी आएको बेला पनि थाप्न भ्याइँदैन’ बानेश्वर हाइटमा कोठा लिएर बस्ने एक जना विद्यार्थीले आºनो समस्या राखे ।
रिपोर्टिङ्को क्रममा आएका थप आवाज
1. ‘फोटो नखिच्नुस् है, लाज हुन्छ । के गर्नु बाध्यताले यसरी पानी थाप्नु परेको छ ।’ –एक जना महिला
2. ‘बरु यो समस्या सम्बन्धित निकायमा पुर्र्याइदिनुस् । अनि केही सहयोग, उपाय हुन्छ कि ? –एक गृहिणी
प्रतिक्रिया, सल्लाह र सुझावका लागि – Aone <a1multivision@gmail.com>
No comments:
Post a Comment