ए वान न्यूज

तपाईँसँग कुनै चेतनामूलक जानकारी, समाचार वा लेखहरु छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ । हामी जानकारीमूलक, चेतनामूलक लेखलाई स्थान दिनेछौँ । – ए वान मल्टिभिजन (a1multivision@gmail.com)


Friday, March 22, 2013

एसएलसीको अन्तिम परीक्षा दिई फर्कँदा जिप दुर्घटना, ५ जना गम्भिर घाइते


चैत ९, यसै वर्षको एसएलसीको अन्तिम परीक्षा दिएर घर फर्कँदै गरेका विद्यार्थीहरु चढेको जिप गुल्मीमा दुर्घटना हुँदा १५ विद्यार्थीहरु घाइते भएका छन् । लु १ ज १७९३ नम्बरको जिप गुल्मीको दौघा गाविसमा दुर्घटना भएको हो। विद्यार्थीसँगै जिपमा चढेका थप ४ जना व्यक्तिहरु पनि घाइते भएका छन् । सो मध्ये ५ जना विद्यार्थीहरुको अवस्था गम्भीर रहेको छ । गुल्मीको आत्मवोध उच्च माध्यमिक विद्यालय खर्ज्याङ्ग मानकोटमा परीक्षा दिन आएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
सडकबाट करिव २० मिटर तल खसेको जिप रुखमा अड्किएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुने सबैलाई उपचारको लागि पाल्पा लगिएको छ ।  
प्रहरीका अनुसार घाइतेहरु निम्नानुसार रहेका छन् – कमल घर्ती, बिष्णु घर्ती, शुरेस ज्ञावली, धन बहादुर राना, दुर्गाबहादुर सोमरे, मैया ज्ञवली, राजकुमार राना, रबिन ज्ञावली, जिवन घर्ती, प्रकाश सोमरे, सुनिता राना, सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु रेश्मी, धनबहादुर सोमरे, अमित थापा आदि ।

No comments:

Post a Comment