फनन घुम्ने परेवाको मृत्यु
मानसिक सन्तुलन गुमाएको जस्तो देखिने यो परेवालाई आइतबार साँझदेखि मैतिदेवीकै एक जना व्यक्तिले चारो पानी खुवाउँदै राखेका थिए । चामल दाना दिँदा अन्तैतिर ठुँग्ने र माथि आकाशतिर हेर्दा लड्न खोज्ने यस परेवाको शरीरमा सन्तुलन थिएन । यो परेवालाई कसैले ढुङ्गा हानेर वा बिरालो या चिलले झम्टेर पनि त्यस्तो भएको हुन सक्ने अनुमान केही टोलबासीले लगाएका थिए । तर कसैले यो कुनै किसिमको रोग पो हो कि भनेर आशङ्का पनि गरेका थिए ।
एवान मल्टिभिजनमा उक्त परेवाको समाचार आएपछि धेरै व्यक्तिले दुख व्यक्त गरेका थिए र पशुरोग विशेषज्ञलाई देखाउने सल्लाह र सुझाव पनि दिएका थिए । तर नेपालमा पंक्षीसँग सम्बन्धित निकाय संस्थाहरु खासै नभएकोले विदेशमा भएका केही पशुपंक्षीसँग सम्बन्धित विशेषज्ञहरुलाई उक्त परेवाको बारेमा जानकारी गराइएको थियो । तर सो सम्बन्धमा कुनै प्रतिक्रिया नआइकनै उसको दुखद निधन भएको छ ।
उसको आत्मालाई चिरशान्तिको कामना गर्दछौँ ।
हेर्नुहोस् भिडियो
प्रतिक्रियाका लागि – ARK <a1multivision@gmail.com>
No comments:
Post a Comment