मार्च २५– एस । मलेसियाको जोहोरस्थित पासिर गुडाङमा हिजो राति एक कम्पनी होस्टलमा रहेका नेपालीमाथि आक्रमण सम्बन्धमा आएका अपुष्ट खबरहरुले थप अन्यौल सृजना गरेको छ । आज विभिन्न सञ्चार माध्यमहरुले त्यस घटनामा ६ जना नेपालीको हताहत भएको अनाधिकारिक समाचार सम्प्रेषण गरेका छन् । तर मलेसियाको क्वालालाम्पुस्थित राजदुतावासले नेपालीमाथिको आक्रमणमा दुई नेपाली घाइते भएको तर नेपालीको मृत्युसम्बन्धमा कुनै जानकारी नआएको बताएको छ । यसैबिच यस घटनालाई लुकाउन खोजिएको आशंका पनि गरिएको छ । हाल घटनाको सत्य तथ्य पत्ता लगाउन धेरै मिडियाहरु लागि परेका छन् ।
यस घटनामा उत्तेजिन नहुन नेपाली दूतावासले अपील गरेको छ । दुतावासका अनुसार अस्पताल पुगेका प्रतिनिधिले दुई जना घाइतेहरु नुवाकोटका राजु विश्वकर्मा र तराई मुलका साह थरका व्यक्तिलाई मात्र त्यहाँ भेटाएका छन् । सामान्य विवादमा गएराति स्थानीय युवाले हतियारसहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेका थिए । त्रसित भएकाले त्यस क्षेत्रका नेपालीले कुनै जानकारी दिन मानेका छैनन् । घट्नाबारे बिस्तृत जानकारीका लागि क्वालालाम्पुस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाइएको छ भने काठमाडौंस्थित मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको परराष्ट्रमन्त्री माधव घिमिरेबाट थाहा भएको छ ।
हेर्नुहोस् भिडियो
No comments:
Post a Comment