a1-multivision
It is a blog of multi-issues with multi-visions @entertainment, awareness & knowledge.
Tuesday, May 2, 2017
Sunday, November 23, 2014
सार्क, मोदी र नेपाल
मोदीको जनकपुर भ्रमणको अजेन्डाले सार्क सम्मेलन ओझेलमा परेको छ, नेपालको आन्तरिक राजनीतिमा उनको प्रवेशलाई आमन्त्रण गर्दै छ ।

काठमाडौंमा मंसिर १० र ११ मा सम्पन्न हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क) को १८ औं शिखर सम्मेलनले क्षेत्रीय सहयोग विस्तारलाई कति सार्थक बनाउने छ, भविष्यले नै बताउला । तीन दशक पूरा हुन लागेको सार्क यात्राको गतिलाई हेर्ने हो भने यो अझै विचारविमर्श, सभा र सम्मेलनको तहबाट माथि उठ्न सकेको छैन । यही गतिमा त यसले अपेक्षित क्षेत्रीय नीति र कार्यक्रमको तहमा पुग्न अरू कति दशक पार गर्नुपर्ने छ, अनुमान गर्न पनि कठिन हुन्छ । वास्तवमा यो एउटा उत्साहहीन कर्मकाण्डी औपचारिकताभन्दा बढी साबित हुन सकेको छैन ।
अर्को कुरा, नेपालजस्तो देशले शिखर सम्मेलनको आयोजना गर्न पनि पूर्वाधारका हिसाबबाट निकै चुनौतीपूर्ण काम रहेछ । काठमाडौंमा सम्पन्न हुने यो तेस्रो शिखर सम्मेलन हो । पहिलेभन्दा पृथक् तर कटु यथार्थ, यसपटक चार दिनसम्म काठमाडौंवासीको दिनचर्या नै प्रभावित हुने भयो । विद्यालय चार दिन, सार्वजनिक कार्यालयहरू दुई दिन बन्द हुने भएका छन् । बिदा भनिए पनि यो बन्द नै हो, तर सनातनी विरोधमा होइन समर्थनमा । काठमाडौं खाल्डोका तीनै सहर सिँगारिएका छन्, जनकपुर पनि फेरिँदै छ, लुम्बिनी पनि सुसज्जित हुँदै गरेको होला । यी कुरामा मुलुकको प्रतिष्ठा जोडिएको छ, त्यसैले गुनासो छैन । सार्कका नाममा हुने सरकारी मात्र होइन, गैरसरकारी सभा, सम्मेलन, आतिथ्य, भोजभतेर, आदिका हिसाबले पनि यतिखेर काठमाडौं दक्षिण एसियाको केन्द्रमा छ । तर यी सबै कुराबाट धेरै टाढा रहेका आम नागरिकसँग सार्क कहिले अर्थपूर्ण रूपमा जोडिने हो आकाशको फलझैं देखिन्छ ।
यो सम्मेलन नेपालीका लागि मोदीमय बन्दै गएको छ, सायद आयोजनाको यो एउटा विशिष्ट झाँकी पनि हो । सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट जनकपुर सभास्थल काठमाडौं आउँदै छन् । यो समय जनकपुर मात्र होइन, भारत र नेपालका हिन्दु धर्मावलम्बी जनताका लागि विशेष महत्त्व राख्ने विवाहपञ्चमीको पूर्वसन्ध्या पनि हो । अयोध्या र जनकपुरको धार्मिक ऐतिहासिकता जोडिएको यो पर्वले यसको महत्त्व अरू बढाएको छ । काठमाडौंमा सम्मेलन सकिएपछि अन्यथा पुनर्विचार गरिएमा बाहेक मोदी हिन्दुहरूको अर्को महत्त्वपूर्ण धार्मिकधाम मुक्तिनाथ पनि जाँदै छन् र फर्किने क्रममा उनले लुम्बिनीको पनि भ्रमण गर्ने छन् ।
सार्क क्षेत्रीय सहयोगको संस्था हो । यसमा द्विपक्षीय सहयोगको कार्यसूची हुँदैन । तर सम्मेलनको यो महत्त्वपूर्ण घडीमा शीर्ष नेताहरूले द्विपक्षीय विषयमा पनि 'करिडर' मा विचारविमर्श गर्छन् । यो द्विपक्षीय 'सटल डिम्लोम्यासी' पनि हो । करिडरमा गर्ने भनिएको वार्ता, संवाद वा भेटघाटको अर्थ द्विपक्षीय मुद्दाले सार्क प्रभावित नहोस् भन्ने मनसाय रहेको छ । तर जुन रूपमा मोदी सार्क सम्मेलनका लागि नेपाल प्रवेश गर्दै छन्, त्यसले यो मर्यादाको उलङ्घन गर्दै छ । हाम्रो राजनीतिमा चिन्ता त्यतातिर देखिन्न । मोदीको जनकपुर भ्रमणको अजेन्डाले नेपालका लागि सार्क सम्मेलन ओझेलमा परेको छ, आन्तरिक राजनीतिमा मोदीको प्रवेशलाई आमन्त्रण गर्दै छ ।
हामीलाई थाहा छ, नेपालको आन्तरिक राजनीतिको निणर्ायक घडीमा भारतको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यो इतिहाससिद्ध कुरा हो । यो पनि जगजाहेरै कुरा हो नेपाली नेताहरू आफ्नो अनुकूल भारतको साखका लागि लम्पसार पनि हुन्छन् । जनकपुर भ्रमण रद्द वा यथावत् प्रकरणमा यो आकांक्षा पनि यथार्थ रूपमा भल्किएको छ । मलाई आशा लागेको थियो भ्रमण रद्दले मोदीलाई आआफ्नो दलगत उपयोग गर्ने नेपाली राजनीतिक प्रवृत्तिको हानथापलाई भारतीय पक्षले बुझेछ र विचार बदलेको होला । तर कुरा त्यसो होइन रहेछ । मोदी नेपाली जनतामा एउटा कन्स्टिच्युन्सी (प्रभाव क्षेत्र) बनाउन चाहँदा रहेछन् बाह्रबिघा मैदानमा भाषण गरेर, बाइसाकल वा यस्तै तत्काल लोकरिझायीका पुरिया पस्केर । रद्दको हतियार मात्र प्रयोग भएको रहेछ । नेपालले त्यो स्वीकार गर्यो भ्रमण यथावत् भयो । अब त्यो हतियार अरू संगीन र धारिलो बन्न पुगेको छ नेपाल-भारत राजनीतिमा ।
प्रधानमन्त्री भएपछि नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा सार्कका आफ्ना समकक्षीहरूलाई आमन्त्रण गरेर क्षेत्रीय सहयोगलाई नयाँ ड्राइभ दिन खोजेका थिए । यो अत्यन्त उत्साही प्रारम्भ थियो । तर सार्क सम्मेलनमा आउने उनको तयारीले त्यसलाई पुष्टि गर्न सकेन । नेपालको औपचारिक भ्रमणका बेला उनका हाउभाउ, भावभङ्गी र अभिव्यक्तिले सम्बन्धले अब नयाँ आयाम लिने छ भन्ने आशा जगाएको थियो । नेहरूले निर्माण गरेको सुरक्षा अवधारणाभन्दा फराकिलो ढंगले नेपाल-भारत सम्बन्ध विकास केन्दि्रत बिजनेस लाइक ढाँचामा पुनर्निमाण हुने अनुमान गरिँदै थियो । उनले हाम्रो संविधानसभामा बोल्दा सभासदहरू मात्र होइन, समग्र नेपालीले ताली पिटेका थिए । गणतन्त्र र धर्मनिरपेक्षताको मूल्य सुरक्षित रहेको भरोसा पाइएको थियो । असल छिमेकीको उदाहरण प्रस्तुत भएको थियो ।
नरेन्द्र मोदी भारतीय जनता पार्टी -बीजेपी) का नेता हुन् । त्यसलाई मोदीले नयाँ ऊर्जा दिए, हिन्दुत्वमा होइन, विकासको बिजनेसमा । हाम्रो लागि मोदीप्रतिको आकर्षण त्यसमा हो, बीजेपीको दर्शन र दृष्टिकोणमा होइन । तर मलाई यो पनि थाहा छ, नेपालमा बीजेपीको मूल्य अँगाल्ने मानिसहरूको जत्था र लबि पनि ठूलै छ । यसलाई मोदीले कसरी उपयोग गर्छन् उनको कुरा हो । तर यसले मोदीको अन्तर्राष्ट्रिय व्यक्तित्व पनि प्रभावित हुन्छ । यद्यपि भारतको दाँजोमा नेपाल सानो छ । तर मूल्य र मान्यता सानो वा ठूलो देशकै भरमा निर्धारण हुँदैन ।
बीजेपी हिन्दुत्वको मान्यतामा संगठित पार्टी हो । उसको नेपाललाई हेर्ने पार्टीगत दृष्टिकोण सोहीअनुसार आधारित हुन्छ र बन्छ पनि । यो कुनै अस्वाभाविक कुरा होइन । तर नरेन्द्र मोदी धर्मनिरपेक्ष भारतको प्रधानमन्त्री पनि हुन् । अयोध्या-जनकपुर कनेक्सनले उनलाई प्रधानमन्त्रीका रूपमा भन्दा बीजेपीको अजेन्डामा प्रस्तुत गरेको छ । अब नेपाल-भारत सम्बन्ध 'हिन्दुत्व' को आधारशिलामा संगठित गर्न खोजिँदै छ भन्नु अन्यथा नहोला । जनकपुर प्रयत्न यसैको एउटा प्रयोग हो । जहाँसम्म हिन्दुत्वको प्रश्न छ, जनसंख्याका आधारमा भन्ने हो भने यो एउटा विशाल पक्ष हो । दुवै देशमा हिन्दू धर्ममा आस्था राख्नेहरूको संख्या ८० प्रतिशतभन्दा बढी छ । संविधान वा सम्बन्ध यतिले मात्र निर्धारण गर्दैन । यो भन्दा व्यापकतामा हेरिनुपर्छ भन्ने मान्यता अहिले नेपालले राखेको छ । यस अर्थमा हामी मोदीभन्दा भिन्न छौं । तसर्थ हाम्रो कार्यसूची बीजेपीको पार्टीको मान्यताभन्दा माथि छ । जसरी भारतको संविधान बन्यो र विकसित भयो हामी त्यसबाट लाभ लिन चाहन्छौं । तर भर्खरै धर्मनिरपेक्षता अँगालेको नेपालका लागि भने जनकपुर प्रकरण संकीर्णतामा खुम्चिने सम्भावना हो । समग्र राष्ट्रका सन्दर्भमा विकास र बिजनेसका मूल्य हुन्छन् । यसमा केही मूल्यहरू लेनदेन गरिन्नन् र गर्नु पनि हुन्न । मलाई डर लाग्न थालेको छ, मोदीको नायकत्वमा नेपाल-भारतको बिजनेस डिलमा ती मूल्य निरपेक्ष नरहने भए, विकास र हिन्दुत्व साटासाट हुने सम्भावना बढ्यो ।
नेपाल र भारत धर्म, संस्कृति, सभ्यता र समाज व्यवस्थाका हिसाबले फरक छैनन् । द्विपक्षीय सम्बन्ध यसबाट अलग हुन सक्तैन । यसको प्रभावबाट राजनीति पनि मुक्त छैन । तर प्रश्न के हो भने राजनीतिक परिचालनका लागि यसैमा प्रतिस्पर्धा गर्ने कि ती मूल्यहरूलाई सुरक्षित र सम्मान गर्दै सम्बन्धलाई वस्तुगत लाभ र पारस्परिकतामा रूपान्तरण गर्ने भन्ने हो । म अयोध्या-जनकपुर कनेक्सनको विपक्षको व्यक्ति होइन । यसको महत्त्व र उपादेयता अत्यन्तै ठूलो छ । त्यति मात्र होइन, सारनाथ-लुम्बिनी कनेक्सन पनि उत्तिकै महत्त्वको छ । तर यसको महत्त्व स्थापित गर्ने र उपयोग गर्ने विधि भने हाइप्रोफाइल राजनीति होइन । राजनीतिको प्रवेशलाई पूर्णतया निषेध गर्न सकिन्न । प्रश्न राजनीतिलाई कुन प्रोफाइलमा स्वीकार गर्ने भन्ने हो । जनस्तरमा, स्थानीय सरकारको तहमा यसलाई उपयोग गर्नुपर्छ, राजनीतिक लाभका हिसाबले होइन ।
भारतले नेपाललाई यथेष्ट सहयोग गरेको छ, गर्दै पनि छ । २००७ सालमा लोकतन्त्र/प्रजातन्त्रमा वामे सर्न थालेदेखि भारतले गर्दै आएको सहयोग अत्यन्त सराहनीय छ । म यसको प्रशंसा पनि गर्छु । तर यसले अपेक्षित सौहार्दता बनाउन सकिराखेको छैन । यो पनि कटु सत्य हो । भारतको संस्थापन पक्षले यो बुझ्नु जरुरी छ ।
अन्त्यमा, मलाई सदैव खड्किने कुरा के हो भने नेपाल-भारत सीमा क्षेत्रको विकासको दुरवस्था । यसको निराकरणका लागि दूतावासले केही नेतालाई केन्दि्रत गरेर तराईका जिल्लामा पनि करोडौं लगानी गरेको छ । तर त्यसले भारतको हित गरेजस्तो लाग्दैन । म पूर्वको पशुपतिनगरदेखि पश्चिमको दार्चुलासम्मका नेपाल-भारत सीमामा पटकपटक पुगेको छु । त्यहाँको दुरवस्थाले समग्र नेपालीको भारतका प्रति धारणा र दृष्टिकोण बनाउँछ । त्यस्तै भारतीयको नेपालका प्रति पनि । मोदीबाट मात्र होइन कुनै पनि भारतीय प्रधानमन्त्रीबाट मेरो अपेक्षा भनेको नेपाल-भारत सीमाको एउटा निश्चित क्षेत्रमा नेपाल-भारत संयुक्त विकास योजना बनाऔं र इमानदारीसाथ कार्यान्वयन गरौं । यसले एक दशकमै नोपाल-भारत सम्बन्धलाई जनस्तरमा अर्थपूर्ण बनाउँछ साथै सीमावर्ती क्षेत्रका जनताको जीवनमा पनि ।
प्रधानमन्त्री दुःखी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई लिएर
जिम्मेवार व्यत्तिबाटै अनर्गल कुरा बाहिर आएकोमा प्रधानमन्त्री सुशील
कोइरालाले दुःख व्यत्त गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र
परराष्ट्रमन्त्रीले नै भ्रमणका विषयमा जथाभावी बोलेपछि प्रधानमन्त्री दुःखी
भएका हुन्।
'भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणलाई लिएर जे कुरा बाहिर आए त्यसले प्रधानमन्त्री सुशील कोइराला ज्यु दुःखी हुनु भएको छ,' प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'हामीले भ्रमणको सम्पूर्ण तयारी गरेका छौं। विचमा कसरी, के उदेश्यले जनकपुर भ्रमण नगर्ने भन्ने कुरा आयो हामीलाई थाहा छैन। हामीले आफै व्यवहार गर्न कहिल्यै जानेनौं।
मंसिर १० र ११ गते काठमाडौंमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को १८औं शिखर सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण तय भएको थियो। तर बिहीबार एक्कासी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले मोदीको जनकपुर भ्रमण रद्द भएको विज्ञप्ति जारी गरेपछि अन्योल बढेको थियो जुन अहिलेसम्म पनि जारी छ। निधीले विज्ञप्ति जारी गरे लगत्तै परराष्ट्र मन्त्रीले पनि मोदीले जनकपुर भ्रमण नगर्ने अभिव्यत्ति दिएका थिए। काठमाडौंस्थित भारतीय दूतावासले भने मोदीको जनकपुर भ्रमण रद्द भएको बारे कुनै जानकारी नभएको बताएको थियो।

हृदय रोगहरु
रक्तचाप
मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ |
सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वषर्ीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।
उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन्। खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ। रक्तचापलाई जहिले पनि १३०/८०मा सीमित राख्नुपर्छ।
सन्तुलित (नियन्त्रित) रक्तचाप स्व्स्थ्य जीवनको प्रमुख आधार मानियको छ् | नेसनल हर्ट लङ्ग एन्ड ब्लड इन्स्िटच्युटले यसको प्रभावकारी नियन्त्रणका लागि विशेष प्रकारको भोजनको योजना (DASH DIET)को विकास गरेको छ। यस (DASH) योजनाको प्रमुख उद्देश्य दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो। यस योजनामा फलफूल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएको छ भने दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ।
यसै गरी फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्त्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्त्व दिइएको छ। साथै प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोगलाई पनि न्यूनरूपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ। भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवम् कम गर्न सकिने कुरा अध्ययनले देखाएको छ।
कोलेस्टेरोल
कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ।
मधुमेह
मधुमेह लाई नेपाली चीनी रोग 'चिनी रोग' भन्छन् । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।
मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोम -प्याङ्क्रियाज) अंगबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ । टाइप १ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोनको निष्त्रिmयताबाट हुन्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।
अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि टाइप १ भएमा दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।
टाइप २ मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका -मोटा) एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ । शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ -हानिकारक) जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् । सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ ।
हृदयघात
विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको छ। पुरुष-महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ। मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र हार्टफेललाई बुझ्ने गरेको पाइन्छ।

- कोरोनरी मटुको रोग भनेको मटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले लाग्ने रोग हो। ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो
Thursday, November 20, 2014
बर्षमा ३० लाख मानिसको मृत्यु मधुमेहबाट
युवा अबस्थामै मधुमेहको शिकार बन्न थाले नेपाली
कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोगका रुपमा
चिनिने मधुमेह आजकल तिब्ररुपमा युवापुस्तामा सरिरहेको छ ।
चिकित्सकहरुका अनुसार मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालका सहरबजारमा मधुमेहका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
मोटोपना, शरीरिक निस्कृयता, असुन्तलित खानपिन, मानसिक तनाव लगायतका कारण अहिले मानिसहरुमा मधुमेहको समस्या धमाधम देखिन थालेको बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी बताउँछन् ।
उनका अनुसार अस्पतालमा अहिले बुढाबुढी मात्र नभई युवाअवस्थामा नै मधुमेहका समस्या लिएर आउने बिरामीको संख्या बृद्धि भैरहेको छ ।
‘अस्वस्थ जीवनशैली र बिलासीपनका कारण मधुमेह रोगको बृद्धिदर हरेक दिन बढीरहेको छ,’ उनले भने, ‘समयमा नै यस विषयमा नसोच्ने हो भने यसले भोली नेपालमा बिकराल रुप ल्याउने छ ।’ उनका अनुसार नेपालमा हाल कुल जनसंख्याको १० प्रतिशतमा मधुमेहको समस्या रहेको अनुमान गरिएको छ ।
मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. ज्योति भट्टराईका अनुसार विकसित राष्ट्रहरुको नक्कल र खानपिनमा आएको परिवर्तनका कारण नै पाको मानिसको रोगका रुपमा परिचित मधुमेह विस्तारै युवा वर्गहरुमा सर्दै गएको हो ।
‘यो निकै ठुलो चिन्ताको विषय हो,’ उनले भनिन्, ‘हाम्राजस्ता विकासोन्मुख देशहरुमा यो रोग महामारीका रुपमा फैलदै छ । अहिलेनै यो रोगका बारेमा सचेत नहुने हो भने भोलिका दिनमा हरेक घरमा यो रोगका विरामी फेला पर्ने छन् ।’
परिवर्तित जीवनशैली, नियमित व्यायामको अभावका कारण पनि डाइबिटिजको समस्या बढ्दो छ । पाटन अस्पतालले हरेक मंगलबार सञ्चालन गर्दै आएको डाइबिटिज क्लिनिकमा ५० भन्दा बढी बिरामी आउनु डाइबिटिजका रोगी बढ्दै गएको संकेत हो भन्छन् अस्पतालका चिकित्सक डा. बुद्धि पौडेल । वयस्कलाई मात्र होइन, बालबालिकामा पनि डाइबिटिजको समस्या बढेको पाटन अस्पतालले जनाएको छ ।

नेपालमा अहिले २५ लाख भन्दा बढी मानिसहरुमा मधुमेह भएको अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेहजन्य रोगका कारण मृत्यु हुनेमा ८० प्रतिशत भन्दा बढि विकासोन्मुख मूलुकका मानिसहरु पर्छन ।
प्रत्येक बर्ष विश्वमा करिब ७० लाख नयाँ मधुमेहका रोगीहरु थपिंदै गइरहेका छन् भने ३० लाख मानिस प्रतिबर्ष मधुमेह सम्बद्ध रोगका कारण मर्ने गरेको सो संस्थाले जनाएको छ ।
अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा हाल करिव ३८ करोड २० लाख मानिसहरु मधुमेहका रोगी छन् । संघले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक २ मध्ये १ जना मधुमहको बिरामीलाई आफुमा मधुमेह छ भन्ने जानकारी नै छैन ।
तथ्यांकअनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्ति मधुमेहको विरामी बन्ने गरेका छन् भने एकजना भन्दा बढिको मधुमेहजन्यको समस्याकै कारण मृत्यु हुने गरेको छ ।
मधुमेह के हो ?
मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनिरोग पनि भनेर चिन्ने गरिन्छ । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ ।
शरीरमा इन्सुलिन उत्पादन नहुने वा उत्पादिन इन्सुलिनले काम नगर्दा रगतमा चिनीको मात्रा बढ्ने डा. जोशी बताउँछन् । उनका अनुसार इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनी रोग वा मधुमेहको नामबाट परिचित हुन पुगेको हो ।
मधुमेह शरीर गल्ने दीर्घ रोग हो । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन गाह्रो छ । यद्यपि यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ ।
डा भट्टराईका अनुसार इन्सुलिनले हामीले खाएका कुराबाट प्राप्त ग्लुकोजलाई कोसमा प्रवेश गराउन चाबीको काम गर्छ, तर ग्लुकोज कोसमा प्रवेश गर्न नपाए शरीरमा समस्या हुन्छ । त्यसवाट देखापर्ने समस्या नै मधुमेह हो ।
टाइप वान र टाइप टु मधुमेह
चिकित्साशास्त्रमा डाइबिटिजलाई दुई भागमा वर्गीकरण गरिएको छ । शरीरमा इन्सुलिनको उत्पादन नै नहुने ‘टाइप वान डाइबिटिज’ हो । यस्तो समस्या बालबालिकामा हुने गर्छ । त्यस्तै, उत्पादित इन्सुलिनले काम नगर्ने समस्यालाई ‘टाइप टु डाइबिटिज’ भनिन्छ । यो ३० वर्ष भन्दा माथिका मानिसलाई हुने गर्छ ।
पेटमा बोसो जम्मा भएको मान्छेलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । बढी पिसाब लाग्नु, छाला सुक्खा हुनु, पिसाबमा कमिला लाग्नु, खाना धेरै रुच्नु, दुब्लाउँदै जानु, श्वास फेर्न गाह्रो हुनु डाइबिटिजका लक्षण हुन् । बच्चा त कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन् ।
डाइबिटिज वंशाणुगत कारणले पनि हुने गर्छ । परिवारमा कसैलाई छ भने उनीहरूको बच्चामा डाइबिटिज हुने वा दाजुदिदीमा समस्या भए अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुने डा. जोशी बताउँछन् ।
मिर्गौला, आँखा, मुटु र स्नायुमा असर
डा. जोशीका अनुसार लामो समय डाइबिटिज हुँदा आँखा, किड्नी र नसामा असर गर्न सक्छ । खुट्टाको नसामा असर गरेर खुट्टै काट्नुपर्ने अवस्था समेत आउन सक्ने हुन्छ । त्यसैले डाइबिटिजका बिरामीले पिसाबबाट प्रोटिन लिक भएको छ र छैन परिक्षण गराउँदै गर्नुपर्छ । पिसाबबाट प्रोटिन लिक भए कालान्तरमा किड्नीले काम नै नगर्ने हुन्छ ।
पश्चिमा मुलुकमा कमाउने, खाने उमेरमै मान्छे अन्धो हुने मुख्य कारण पनि डाइबिटिज हो । डाइबिटिजले रगतको नसामा असर गर्छ, आँखामा पनि असर गर्छ । यस्का साथै रक्तचाप बढाएर हृदयाघात समेत गराउँछ ।
डा. जोशीका अनुसार मधुमेह भएका मान्छेको रगतमा कोलेस्ट्रोल जम्छ, जसका कारण नसाबाट रगत बग्न सक्दैन, खुट्टामा रगत सञ्चार नभएपछि सामान्य चोटपटक लागे पनि घाउ बढ्दै गएर निको नहुने र खुट्टा नै काट्नुपर्ने अवस्था समेत आउँछ । मधुमेह भइसकेको भए चकित्सकको सल्लाहअनुसार औषधि सेवन नियमित गर्नु, पिसाबबाट प्रोटिन लिक भएको छ, छैन परिक्षण गराउनु, रगतमा चिनी तथा कोलेस्ट्रोलका मात्रा नियमित जाँच्नुपर्छ । आँखाको नियमित परिक्षण गराउनुपर्छ ।
यसो गरे जोगिन सकिन्छ
चिकित्सकहरुका अनुसार मोटोपना बढाउन नदिने, खानपानमा ध्यान पुर्याउन सके, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए मधुमेहबाट धेरै हदसम्म बच्न सकिन्छ ।
मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुनेहुँदा थप गुलियो खाँदा समस्या बढ्छ । त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ ।
मधुमेहका लक्षण
अत्याधिक भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुख्खा हुनु मधुमेहका लक्षण हुन् ।
यस्तै बारम्बार पिलो, बालतोड आउनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंलाहरू बाउँडिनु, पिँडौला धेरै दुख्नु, लामो समय थकाइ अथवा कमजोरी महसुस हुनु, घाउ अथवा रोग चाँडै निको नुहुनु, बिनाकारण दुब्लाउँदै जानु, यौन क्षमता घट्नु आदि मधुमेहका लक्षण हुन् ।
के खाने, के नखाने ?
यी खाना नखाउ
मधुमेह लागेकाहरुले चिनी, मिठाई, आँप, अंगुर, भुइँकटहर, अइसक्रिम, केक, कोक, फ्यान्टा, प|mुट जुसजस्ता गुलिया पेयपदार्थ, तेलघिउमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप पनि खानु हुँदैन ।
थोरै मात्रामा खादा हुुने पदार्थहरु
चामल, गहुँ, मकै, चिउराजस्ता अन्नहरु, चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घिउ, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका ‘डाइट’ खाद्यपदार्थहरु, चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरु, दूध र यसबाट बनेका पदार्थहरु, मेवा, मौसम, स्याउजस्ता फलफूलहरु, मासु, माछा, अण्डा आदि साधारण मात्रामा खान हुन्छ ।
धेरै खानुपर्ने पदार्थहरु
हरियो तरकारी र सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाजर, मूला, फलफुल ।
Monday, April 8, 2013
२२-२३ वर्षकी युवती मृत फेला - जिप्रका मोरङ्ग
आज २६ गते बिहान ०७३० बजे मोरङ ईटहरा ७ बस्ने पृथ्वी भित्रीकोटी कि पत्नी बर्ष २२/२३ कि मैना बर्देवा मृत फेला परेको सुचनाको आधारमा तत्काल ईप्रका सिजुवा र जिप्रकाबाट अनुशन्धान टोली परिचालन। खेतमा परालको कुन्यूमा जलेको अवश्थामा प्राप्त लास पोष्टमोर्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगरमा । मृतकका पति पृथ्वी भित्रीकोटी अनुशन्धानको लागी प्रहरी नियन्त्रणमा ।
Subscribe to:
Posts (Atom)