It is a blog of multi-issues with multi-visions @entertainment, awareness & knowledge.
Monday, April 8, 2013
Tuesday, March 26, 2013
अनुशासनले होइन, राम्रो शासनले बन्यो सभ्य होली
काठमाडौ, १३ चैत्र, एस । विगत १–२ वर्षदेखि होली सभ्य रुपमा मनाउन थालिएको छ । होलीको नाममा जथाभावी लोला हान्ने, पानी छ्याप्ने, जाँड रक्सी खाएर अनावश्यक होहल्ला गर्ने लगायतका विकृति गर्नेलाई महानगरीय प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने कानुनसँगै होली पर्व सभ्य पर्व हुन थालेको छ । विगतका वर्षहरुमा होली पर्व नआउँदै जथाभावी लोला हान्ने, फोहोर पानी छ्याप्ने विकृतिहरु रहेको थियो तर हाल त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने प्रहरीले तयारी गरेको हुनाले त्यस्ता घटनाहरु ह्वात्तै घटेको छ ।
तर यस्तो हुनु अनुशासनले होइन राम्रो शासनले भएको केही विश्लेषकहरुले तर्क राखेका छन् । विदेशका विभिन्न देशहरुमा कडा र वैज्ञानिक शासन प्रणाली भएका ठाउँमा सबै कुरा चुस्त स्फुर्त अगाडि बढेको देखिएको उदाहरण विश्लेषकले गरेका छन् ।
यस पटकको होलीमा मादक पदार्थ सेवन गरी झैझगडाबाट हुने दुर्घटनामा धेरै न्यूनता आएको छ । होली पर्वमा समेत कसैको इच्छाविपरीत होलीको नाममा फोहर पदार्थ फाल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने व्यवस्था गरिएको छ । यस पटक प्रहरी, प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनको लागि ठाउँ ठाउँमा माइकिङ् गर्नुका साथै सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको जनाएको थियो । मंगलबार काठमाडौ लगायत पहाडी भेगमा होली मनाइएको छ भने बुधबार तराईमा होली मनाइँदै छ ।
Monday, March 25, 2013
मलेसियाको अपुष्ट खबरले थप अन्योलता सृजना, उत्तेजिन नहुन नेपाली दूतावासको अपील
मार्च २५– एस । मलेसियाको जोहोरस्थित पासिर गुडाङमा हिजो राति एक कम्पनी होस्टलमा रहेका नेपालीमाथि आक्रमण सम्बन्धमा आएका अपुष्ट खबरहरुले थप अन्यौल सृजना गरेको छ । आज विभिन्न सञ्चार माध्यमहरुले त्यस घटनामा ६ जना नेपालीको हताहत भएको अनाधिकारिक समाचार सम्प्रेषण गरेका छन् । तर मलेसियाको क्वालालाम्पुस्थित राजदुतावासले नेपालीमाथिको आक्रमणमा दुई नेपाली घाइते भएको तर नेपालीको मृत्युसम्बन्धमा कुनै जानकारी नआएको बताएको छ । यसैबिच यस घटनालाई लुकाउन खोजिएको आशंका पनि गरिएको छ । हाल घटनाको सत्य तथ्य पत्ता लगाउन धेरै मिडियाहरु लागि परेका छन् ।
यस घटनामा उत्तेजिन नहुन नेपाली दूतावासले अपील गरेको छ । दुतावासका अनुसार अस्पताल पुगेका प्रतिनिधिले दुई जना घाइतेहरु नुवाकोटका राजु विश्वकर्मा र तराई मुलका साह थरका व्यक्तिलाई मात्र त्यहाँ भेटाएका छन् । सामान्य विवादमा गएराति स्थानीय युवाले हतियारसहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेका थिए । त्रसित भएकाले त्यस क्षेत्रका नेपालीले कुनै जानकारी दिन मानेका छैनन् । घट्नाबारे बिस्तृत जानकारीका लागि क्वालालाम्पुस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाइएको छ भने काठमाडौंस्थित मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको परराष्ट्रमन्त्री माधव घिमिरेबाट थाहा भएको छ ।
हेर्नुहोस् भिडियोFriday, March 22, 2013
एसएलसीको अन्तिम परीक्षा दिई फर्कँदा जिप दुर्घटना, ५ जना गम्भिर घाइते
चैत ९, यसै वर्षको एसएलसीको अन्तिम परीक्षा दिएर घर फर्कँदै गरेका विद्यार्थीहरु चढेको जिप गुल्मीमा दुर्घटना हुँदा १५ विद्यार्थीहरु घाइते भएका छन् । लु १ ज १७९३ नम्बरको जिप गुल्मीको दौघा गाविसमा दुर्घटना भएको हो। विद्यार्थीसँगै जिपमा चढेका थप ४ जना व्यक्तिहरु पनि घाइते भएका छन् । सो मध्ये ५ जना विद्यार्थीहरुको अवस्था गम्भीर रहेको छ । गुल्मीको आत्मवोध उच्च माध्यमिक विद्यालय खर्ज्याङ्ग मानकोटमा परीक्षा दिन आएका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौँघाका विद्यार्थी दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
सडकबाट करिव २० मिटर तल खसेको जिप रुखमा अड्किएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घाइते हुने सबैलाई उपचारको लागि पाल्पा लगिएको छ ।
प्रहरीका अनुसार घाइतेहरु निम्नानुसार रहेका छन् – कमल घर्ती, बिष्णु घर्ती, शुरेस ज्ञावली, धन बहादुर राना, दुर्गाबहादुर सोमरे, मैया ज्ञवली, राजकुमार राना, रबिन ज्ञावली, जिवन घर्ती, प्रकाश सोमरे, सुनिता राना, सम्झना थापा, राजकुमार थापा, रामबहादुर ज्ञावली, राजेश ज्ञावली, अनु रेश्मी, धनबहादुर सोमरे, अमित थापा आदि ।
Thursday, March 21, 2013
फनन घुम्ने परेवाको मृत्यु
फनन घुम्ने परेवाको मृत्यु
मानसिक सन्तुलन गुमाएको जस्तो देखिने यो परेवालाई आइतबार साँझदेखि मैतिदेवीकै एक जना व्यक्तिले चारो पानी खुवाउँदै राखेका थिए । चामल दाना दिँदा अन्तैतिर ठुँग्ने र माथि आकाशतिर हेर्दा लड्न खोज्ने यस परेवाको शरीरमा सन्तुलन थिएन । यो परेवालाई कसैले ढुङ्गा हानेर वा बिरालो या चिलले झम्टेर पनि त्यस्तो भएको हुन सक्ने अनुमान केही टोलबासीले लगाएका थिए । तर कसैले यो कुनै किसिमको रोग पो हो कि भनेर आशङ्का पनि गरेका थिए ।
एवान मल्टिभिजनमा उक्त परेवाको समाचार आएपछि धेरै व्यक्तिले दुख व्यक्त गरेका थिए र पशुरोग विशेषज्ञलाई देखाउने सल्लाह र सुझाव पनि दिएका थिए । तर नेपालमा पंक्षीसँग सम्बन्धित निकाय संस्थाहरु खासै नभएकोले विदेशमा भएका केही पशुपंक्षीसँग सम्बन्धित विशेषज्ञहरुलाई उक्त परेवाको बारेमा जानकारी गराइएको थियो । तर सो सम्बन्धमा कुनै प्रतिक्रिया नआइकनै उसको दुखद निधन भएको छ ।
उसको आत्मालाई चिरशान्तिको कामना गर्दछौँ ।
हेर्नुहोस् भिडियो
प्रतिक्रियाका लागि – ARK <a1multivision@gmail.com>
Wednesday, March 20, 2013
ईशानी श्रेष्ठ भइन् मिस नेपाल २०१३
ईशानी श्रेष्ठ भइन् मिस नेपाल २०१३
यस वर्षको मिस नेपालको ताज सुश्री ईशानी श्रेष्ठले पहिरिन सफल भएकी छिन् । फर्स्ट रनर अप रोजिशा शाही र सेकेण्ड रनर अप श्रितिष्मा शाह हुन सफल भएकी छिन् । अन्तिम पाँच प्रतिष्पर्धीहरुमा सिपोरा गुरुङ सुमी मोक्तान लामा पनि छनोट भएका थिए । तर अन्तिम लिखित टेस्टमा राम्रो गरेर तीन जना टप थ्रीमा पर्न सफल भए ।
अन्तिम पाँच प्रतिष्पर्धी
सिपोरा गुरुङरोजिना शाही ठकुरी
ईशानी श्रेष्ठ
श्रितिष्मा शाह
सुमी मोक्तान लामा
मिस नेपाल २०१३ विजयी
१. मिस नेपाल वर्ल्ड ईशानी श्रेष्ठ२. मिस नेपाल अर्थ रोजिशा साही
३. मिस नेपाल इन्टरनेशनल श्रितिष्मा शाह
मिस नेपाल प्रतियोगिता आज
मिस नेपाल प्रतियोगिता आज

आज साँझ द हिडन ट्रेजर नेपालले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको ग्राण्ड फाइनल छनोट हुँदै छ । मिस नेपाल प्रतियोगिताको अठारौँ संस्करणको रुपमा काठमाडौँको नेपाल एकेडेमिक हलमा सम्पन्न हुन गइरहेको यस प्रतियोगितामा देशका विभिन्न स्थानबाट छनौट भएका अन्तिम १८ प्रतिस्पर्धी सहभागी छन् । पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले मिस नेपाल विजेतालाई ताज पर्हियाईदिने यस प्रतियोगिताको बिजेताले ५० हजार रुपैंया, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैंया नगद तथा ट्रफी प्राप्त गर्नेछन् साथै विभिन्न टाइटल अवार्ड पनि विभिन्न विधामा प्रदान गरिनेछ ।
Monday, March 18, 2013
मानसिक सन्तुलन गुमाएको परेवा
मानसिक सन्तुलन गुमाएको परेवा
चामल दाना दिँदा अन्तैतिर ढुँग्ने र माथि आकाशतिर हेर्दा लड्न खोज्ने उसको शरीरमा सन्तुलन छैन । मानसिक सन्तुलन गुमाएको जस्तो देखिने यो परेवालाई कसैले ढुङ्गा हानेर वा बिरालो या चिलले झम्टेर पनि त्यस्तो भएको हुन सक्ने अनुमान केही टोलबासीले लगाएका छन् । तर यो कुनै किसिमको रोग पो हो कि भनेर केहीले आशङ्का गरेका छन् । चारो टिप्न नसक्ने उक्त परेवालाई एक जना टोलबासीले आइतबार साँझदेखि बिरालो आदिबाट जोगाएर चुच्चो उघारी चारो खुवाउँदै राखेका छन् । यदि कसैसँग पक्षीसँग सम्बन्धित सल्लाह, सुझाव वा विशेष जानकारी भएमा टोलबासीले सहयोगको अपेक्षा गरेका छन् ।
प्रतिक्रिया, सल्लाह र सुझावका लागि – ARK <a1multivision@gmail.com>
Sunday, March 17, 2013
पानीको अभाव भएपछि रोडकै पानी डिभाइडरबाट पानी हाडालुछ
पानीको अभाव भएपछि
रोडकै पानी डिभाइडरबाट पानी हाडालुछ
काठमाडौँ, २०६९-१२-०४, आइतबार । पानीको अभाव भएपछि काठमाडौँको मैतिदेवीमा रोड छेउमै रहेको पानी डिभाइडरबाट पानी हाडालुछ भएको छ यो शनिबार । आधा रोड पानी थाप्न कोसिस गर्नेहरूको भिड र पानी थाप्ने रित्तो भाँडाले भरिएको थियो ।
‘पानी नआएको एक हप्ताभन्दा बढी भइसक्यो । खाना पकाउनलाई समेत एकदमै गाह्रो भयो, अनि के के गर्ने त ?’ मैतिदेवी बस्ने एक जना गृहिणीले रोडबाटै पानी लिनुपर्र्यो है भन्ने प्रश्नमा प्रतिप्रश्न गरिन् । ‘मैतिदेवी क्षेत्र केही गहिरोमा भएकाले अलि अलि भए पनि एक दुई दिन बिराएर पानी आइरहन्थ्यो । तर चैत्र महिना नलाग्दै यस्तो हालत भयो भने अरू गर्मी महिनामा के होला ? अनि झन् हाइटमा बसोबास गर्नेहरूकहाँ के हालत होला ?’ मैतिदेवीमा होटल सञ्चालन गर्ने एक व्यवसायीले आशङ्का पोखे ।
काठमाडौँका बानेश्वर, थापागाउँ, अनामनगर, कोटेश्वर, सिनामंगल, नक्साल आदि प्राय सबै क्षेत्रमा पानीको अभाव हुन थालेको छ । ‘पानी नभएर दश बाह्र दिनदेखि बाहिर होटलमा खानुपरेको छ । पानी आउने टुङ्गो हुँदैन । पढ्न जानुपर्ने हुनाले पानी आएको बेला पनि थाप्न भ्याइँदैन’ बानेश्वर हाइटमा कोठा लिएर बस्ने एक जना विद्यार्थीले आºनो समस्या राखे ।
रिपोर्टिङ्को क्रममा आएका थप आवाज
1. ‘फोटो नखिच्नुस् है, लाज हुन्छ । के गर्नु बाध्यताले यसरी पानी थाप्नु परेको छ ।’ –एक जना महिला
2. ‘बरु यो समस्या सम्बन्धित निकायमा पुर्र्याइदिनुस् । अनि केही सहयोग, उपाय हुन्छ कि ? –एक गृहिणी
प्रतिक्रिया, सल्लाह र सुझावका लागि – Aone <a1multivision@gmail.com>
Friday, March 15, 2013
सावधान ! फेसबुकमा ह्याकरहरूको नयाँ तरिका
सावधान !
फेसबुकमा ह्याकरहरूको नयाँ तरिका
।।।।।।।।।। अहिलेको तरिका ।।।।।।।।।।।।

के तपाईँहरूलाई कुनै अपरिचित, फेसबुकमा आफ्नो साथि नबनेको व्यक्तिको नामबाट यस्ता म्यासेजहरू आएका छन् ?
जस्मा यस्ता कुराहरू लेखिएको हुन्छ– तपाईँको प्रोफाइल हेरे, मलाई मन पर्यो, तपाईँसँग साथि बन्न चाहन्छु, तर म फेसबुक त्यति चलाउँदिन, मलाई निम्न इमेल आइडीमा म्यासेज पठाउनु, अनि म आफ्नो राम्रो राम्रो फोटोहरू पठाउने छु ।
यदि छन् भने त्यो कुनै ह्याकरको हुन सक्छ । त्यसैले सावधान हुनुहोला । त्यस्तो फेक आइडीबाट निम्न कुरा समावेश गरी म्यासेज पठाइएको पाइएको छ ।
यदि कसैले त्यो इमेल आइडीमा इमेल पठाएमा उनीहरूले त्यसबाट व्यक्तिको सम्पूर्ण प्रोपाइल थाहा पाउँछन् र विभिन्न प्रयोजनमा उसको प्रोफाइलको दुरूपयोग गर्ने गर्दछन् । यदि इमेलको सेक्युरिटी सिस्टम छैन भने त्यस्ता इमेल आइडी ह्याक पनि हुन सक्छन् ।
ह्याकरहरूले ह्याक गर्ने नयाँ तरिकाहरू निकालिरहेको पाइएको छ । एउटा तरिका फेल खाएपछि वा अर्को तरिका सिर्जना गर्छन् ।
त्यसैले सुरुमै सचेत हुनका लागि यो जानकारी सक्दो सेयर गरौँ ।
–ए वान मल्टिभिजन
।।।।।।।।।।।।। पहिलेको तरिका ।।।।।।।।।।।।।।।।।

Subscribe to:
Posts (Atom)